०७ साउन २०८३, बिहीबार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २१ हजार नजिक

मंसिर १७, २०८०
काठमाडौं
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २१ हजार नजिक

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यस्तै, तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर चाँदी १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्