२९ जेठ २०८३, शुक्रबार

राष्ट्रिय सभा निर्वाचन– उम्मेदवारी मनोनयन पुस २३ गते

मंसिर १७, २०८०
काठमाडौं
राष्ट्रिय सभा निर्वाचन– उम्मेदवारी मनोनयन पुस २३ गते

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन पुस २३ गते हुने भएको छ । 

आयोगले आइतवार एक विज्ञप्ति प्रकाशित गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । 

पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका २० जना सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्