०२ असार २०८३, मंगलबार

बढ्यो फेसबूक ह्याक : साइबर ब्यूरोमा २ दिनमै २४९ उजुरी

मंसिर १७, २०८०
काठमाडौं
बढ्यो फेसबूक ह्याक : साइबर ब्यूरोमा २ दिनमै २४९ उजुरी
फाइल फोटो

सामाजिक सञ्जाल फेसबूक ह्याक भएको भन्दै उजुरी गर्नेको संख्या ह्वात्तै बढेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा २ दिनमा मात्रै २४९ वटा उजुरी दर्ता भएका छन् ।

ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार आज (आइतवार) मात्रै १ सय ४० जनाले आफ्नो फेसबूक ह्याक भएको भन्दै उजुरी दिएका छन् । शुक्रवार १ सय ९ जनाले उजुरी दिएका उनले बताए ।

८० वटा उजुरी आफै ब्यूरोमा उपस्थित भएर दर्ता गराएका छन् भने इमेलबाट ६० जनाले उजुरी दिएका छन् ।

शुक्रवार इमेल र सिधा ब्यूरोमा आएर १ सय ९ जनाले उजुरी दिएको इन्स्पेक्टर खड्गीले बताए । ‘पछिल्लो समय अत्यधिक फेसबूक ह्याक भएका उजुरी परेका छन्,’ इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने । 

आफ्नो फेसबूकलाई सुरक्षित राख्नका लागि पनि उनले आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्