
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बोडेस्थित प्रयोगमा एक जना मृतावस्थामा फेला परेक छन् । नरहेको सार्बजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका-२ घर भएका ४१ वर्षीय निमा लामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका-१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका-१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-१ नवज्योती टोल बस्ने ४७ वर्षीया रुपा पनि आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी ललितपुरको ललितपुर महानगपालिका-२५ भैंसेपाटीमा पनि एक महिलाको मृत्यु भएको छ । ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षिया एलिना राई शौचालयमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी झापाको गौरादह नगरपालिका-४ डोरामारी बस्ने ७५ वर्षीय जय प्रसाद संग्रौला गौरादह नगरपालिका-४ र गौरदह नगरपालिका-६ को सिमानामा पर्ने दामुना खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।