१० साउन २०८३, आइतबार

रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ, तीन करोड बढीको सामग्री बरामद

मंसिर १८, २०८०
रसुवा
रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ, तीन करोड बढीको सामग्री बरामद
फाइल तस्वीर

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले  नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले  जानकारी दिए । यसलाई कानुनी  कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको  उनको भनाइ छ ।  
        
चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घट्टैखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा  प्रहरीले बरामद गरेको उनले बताए ।
        
रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो  ।
     
यस्तै जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेश गरेको छ । यसरी पेश भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध  छन् ।

salt training

कमेन्ट गर्नुहोस्