०८ असार २०८३, सोमबार

ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन

मंसिर १८, २०८०
काठमाडौं
ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुल्लु भैरवी-१ स्थित पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन् । सोमबार बिहान दैलेखको दुल्लु पुगेका उनले पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रबारे जानकारी लिएका हुन् । 

अध्यक्ष ओलीले श्रीस्थान मन्दिरको पनि दर्शन गरेका छन् । 'आज बिहानै शीरस्थान मन्दिरमा दर्शनसँगै यात्रा शुरू भयो। त्यसलगत्तै पेट्रोल उत्खनन् आयोजना क्षेत्र पुगियो,' उनले भनेका छन्, 'हेर्दा काम शुरू भएको जस्तो देखिन्छ ।'

एमालेले शुरू गरेको मेची महाकाली पदयात्राको क्रममा अध्यक्ष ओलीसहितका एमाले नेताहरू आज बिहान दुल्लु पुगेका हुन्। 

एमालेले सुरु गरेको ‘झुलाघाट(चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ । ​जनसभामा अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। 

salt training

कमेन्ट गर्नुहोस्