२२ असार २०८३, सोमबार

महाधिवेशन सार्न एकीकृत समाजवादीका नेताहरू सहमत, नयाँ मितिबारे आज निर्णय

मंसिर १९, २०८०
काठमाडौं
महाधिवेशन सार्न एकीकृत समाजवादीका नेताहरू सहमत, नयाँ मितिबारे आज निर्णय

नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सार्न पार्टीका नेताहरू सहमत भएका छन् । सोमवार केन्द्रीय कार्यालय, काठमाडौंमा शुरू भएको ६९ औँ सचिवालय बैठकमा नेताहरू महाधिवेशन सार्न सहमत भएका हुन् ।

जाजरकोट भूकम्पका पीडितहरूको पुनर्स्थापना र राष्ट्रियसभा निर्वाचनमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्न नेताहरू सहमत भएको बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । नयाँ मितिबारे भने आज निर्णय हुनेछ । ‘महाधिवेशन सार्न सबै नेता सहमत हुनुभयो । मितिबारे मंगलवार निर्णय हुनेछ,’ उनले भने ।

 यसअघि एकीकृत समाजवादीले आगामी १४–१८ माघका लागि महाधिवेशनको मिति तय गरेको थियो । आगामी माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा दल दर्ता गर्ने एकमात्र निर्णय सोमवारको बैठकले गरेको उनले बताए ।

खतिवडाले महाधिवेशनको विषयलाई लिएर पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच कुनै विमति नरहेको स्पष्ट पारे ।

एकीकृत समाजवादीको मंगलवार बिहान ११ बजेबाट फेरि बैठक बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्