कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारतीय)को २५ रुपैयाँ रहेको छ ।
यस्तै गोलभेँडा ठुलो (नेपाली)को ७० रुपैयाँ तोकिएको छ । यस्तै काउली स्थानीयको १५ रुपैयाँ, मौसमको १५०, सुन्तला भारतीयको ११०, जुनारको २५० रुपैयाँ रहेको छ ।
