०३ साउन २०८३, आइतबार

बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी

मंसिर १९, २०८०
काठमाडौं
बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी

प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी छ ।

मंगलवार साँझ शुरू भएकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरू सहभागी छन् ।

यस्तै बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, कानूनमन्त्री धनराज गुरुङलगायत विभिन्न विभागीय कर्मचारी पनि सहभागी छन् ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै बैठकमा पछिल्लो राजनीतिक घटनाका बारेमा पनि छलफल हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्