०३ साउन २०८३, आइतबार

कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात हुने

मंसिर २०, २०८०
काठमाडौं
कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात हुने

हाल कोशी प्रदेश, मधेश प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशको मौसम आंशिक बदली रहनेछ । देशका बाँकी भेगमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्