
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि गएराति उनलाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।
अस्पतालमा स्वास्थ्य परीक्षणपछि श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery)को एन्जिओप्लास्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठ हाल सघन उपचार कक्षमा उपचाररत रहेको विज्ञप्तिमा उल्लेख छ ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि चीन भ्रमणको बेला पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङको अस्पताल भर्ना गरी मुटुको उपचार गरिएको थियो ।