३० असार २०८३, मंगलबार

कस्तो छ गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था ?

मंसिर २०, २०८०
काठमाडौं
कस्तो छ गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था ?
फाइल तस्वीर

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्या देखिएपछि उपचार गरिएको थियो ।

छातीमा असहज महसुस भएपछि गएराति उनलाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणपछि श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको जानकारी दिएका छन् । 

यसअघि चीन भ्रमणको बेला पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङको अस्पताल भर्ना गरी मुटुको उपचार गरिएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्