०७ साउन २०८३, बिहीबार

मनाङमा भारी हिमपात: जनजीवन कष्टकर, किसान भने हर्षित

मंसिर २०, २०८०
काठमाडौं
मनाङमा भारी हिमपात: जनजीवन कष्टकर, किसान भने हर्षित
मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा  भएको हिमपात ।  तस्वीर: नवीन लामिछाने/रासस

मनाङमा भारी हिमपात भएको छ । भारी हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुँडोपानी गर्न र घरबाहिर निस्कन मुस्किल भएको छ। चिसोले जनजीवनसमेत कष्टकर बनेको स्थानीयले बताएका छन् । 

कात्तिक अन्तिम सातादेखि मनाङमा हिमपात हुने गर्छ। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुसी छाएको छ। 

स्थानीयका अनुसार अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र  खेतीपातीलाई पानी पुग्छ। यसले उत्पादन पनि राम्रो हुन्छ।

salt training

कमेन्ट गर्नुहोस्