२७ असार २०८३, शनिबार

मंसिर २९ बाट प्रदर्शनमा आउने ‘दुई कदम’को ट्रेलर सार्वजनिक

मंसिर २०, २०८०
काठमाडौं
मंसिर २९ बाट प्रदर्शनमा आउने ‘दुई कदम’को ट्रेलर सार्वजनिक

यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । 

निर्माण पक्षले बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ओएसआर डिजिटलको युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

उदय सुब्बा निर्देशित चलचित्रको ट्रेलरमा यात्राका क्रममा नजिकिएका एक जोडीको प्रेम र त्यसमा आउने उचारचढावलाई देखाइएको छ । प्रेम, रोमान्ससँगै कमेडी, द्धन्द्ध र कल्चरको प्याकेज ट्रेलरमा देख्न सकिन्छ । 

यो चलचित्रमा इओन लिम्बु, सिमोन गिरी, गौरव पहारी, सुनील थापा, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा लगायतका कलाकारहरूको अभिनय छ । जसमध्ये शीर्ष भूमिकामा रहेका इओन र सिमोनको यो डेब्यु चलचित्र हो । 

चलचित्रको एक गीतमा अभिनेत्री वर्षा शिवाकोटीको नृत्य समेत दर्शकले हेर्न पाउनेछन् । ​

अजम्बरी फिल्मस्को प्रा.लीको प्रस्तुति रहेको चलचित्रमा तारा देवी लिम्बुको लगानी छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत रहेको चलचित्रमा डिपी खनालको गीत लेखन, राजु किराँतको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन दाहालको सम्पादन छ । 

चलचित्रका गीतमा आशिष अविरल, प्रताप दास, मेलिना राई, प्रविशा अधिकारी, सिडी विजय अधिकारी, निरुषा भट्टराई लगायतको स्वर छ । चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्