२४ असार २०८३, बुधबार

शौर्य सिमेन्ट उद्योगद्वारा उत्पादित क्लिङ्कर भारत निर्यात

मंसिर २०, २०८०
काठमाडौं
शौर्य सिमेन्ट उद्योगद्वारा उत्पादित क्लिङ्कर भारत निर्यात
फाइल फोटो

शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले उत्पादित क्लिङ्कर छिमेकी मुलुक भारततर्फ निर्यात शुरू गरेको छ ।

यही मंसिर १६ गते एक औपचारिक कार्यक्रमका बीच शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रुपमा रिवन काटेर निर्यातको शुरूवात गरेका हुन् ।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरीय चुचीढुङ्गा समिश्रण रहेकाले भारतीय सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्विकृति भई निर्यात थालिएको कम्पनीले जनाएको छ ।

२०७८ माघबाट व्यावसायिक उत्पादन शुरूवात गरको उद्योगको क्षमता ३००० मेट्रिक टन रहेको छ ।

व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिर्चैयामा अवस्थित यस उद्योगले ओपीसी (५३ ग्रेड, ४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्