२३ असार २०८३, मंगलबार

राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको आन्दोलनबारे राप्रपामा छलफल

मंसिर २०, २०८०
काठमाडौं
राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको आन्दोलनबारे राप्रपामा छलफल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलन गर्नेबारे छलफल शुरू गरेको छ । बुधवार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष  राजेन्द्र लिङ्देनले राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापनालगायत विभिन्न ७ वटा एजेण्डा छलफलका लागि प्रस्तुत गरेका छन् । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राजतन्त्रको पुनर्स्थापनालगायत विभिन्न एजेण्डामा बैठकमा छलफल शुरू भएको जानकारी दिए ।

राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापनालगायत जनजीविकाका विषयमा कस्तो खालको आन्दोलन गर्ने भन्नेबारे वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बैठकमा मस्यौदा (ड्राफ्ट) पेश गरेका छन् । 

ड्राफ्टमाथि प्रारम्भिक छलफल शुरू भएको र बिहीवार थप छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजतन्त्र पुनर्स्थापनाका लागि भन्दै सडक आन्दोलन शुरू गरेपछि पूर्वपञ्चहरूको पार्टी राप्रपामा दबाब बढेको छ । कतिपय नेताले प्रसाईंको आन्दोलनलाई समर्थन गर्नुपर्ने राय राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्