
कोका–कोला बेभरेजेज नेपालले ‘कोक बडी’ एप सार्वजनिक गरेको छ ।
आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ एप सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार रिटेलरहरूले जुनसुकै समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडोभन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकून् भन्ने उद्देश्यले एप लन्च गरिएको हो ।
नेपालभरका २५६ वितरकहरू र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रुपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।
कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सञ्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो । जसले वितरक र आउटलेटहरू बीच रियल–टाइम कनेक्टिभिटीलाई कायम राख्ने कम्पनीले जनाएको छ ।
यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटी सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरू दुवैका लागि सहज अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।