०५ साउन २०८३, मंगलबार

न्युरोडबाट बरामद भएको सुन ७ किलोभन्दा बढी

मंसिर २०, २०८०
काठमाडौं
न्युरोडबाट बरामद भएको सुन ७ किलोभन्दा बढी

काठमाडौंको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार राति पक्राउ गरी आज गरेको चेकजाँचका क्रममा उक्त परिणाममा सुन भएको खुलेको हो ।

प्रहरीले उक्त परिणामको सुनसहित चार हजार एक सय अमेरिकन डलर र रु ३९ लाख ५० हजार नेपालीसहित कैलाली घर भई काठमाडौंको नागार्जुन बस्दै आएका ४१ वर्षीय पद्मप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो । 

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले न्यूरोडलगायत विभिन्न ठाउँमा बिलबिजकबिना सुनका गरगहना बिक्री वितरण गरेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको राससलाई जानकारी दिए । ‘पक्राउ परेका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको खुलेको छ,’ प्रवक्ता रेग्मीले भने ।

पक्राउ परेका पाण्डेले ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट सुनका विभिन्न गहना तथा सुनका टुक्रा बिलबिजकबिना बिक्री गर्ने गरेको खुलेको प्रवक्ता रेग्मीले बताए । पक्राउ पाण्डेलाई आवश्यक अनुन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 
 

कमेन्ट गर्नुहोस्