१० साउन २०८३, आइतबार

मध्यपूर्वको भ्रमणका रुसी राष्ट्रपति पुटिन, बुधवार यूएई आइपुगे

मंसिर २१, २०८०
काठमाडौं
मध्यपूर्वको भ्रमणका रुसी राष्ट्रपति पुटिन, बुधवार यूएई आइपुगे

अबुधाबी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्वसोभियत सङ्घ बाहिरको दुर्लभ भ्रमणका लागि बुधवार संयुक्त अरब इमिरेट्स (यूएई) आइपुगेका छन् ।

युक्रेन युद्धलाई लिएर पश्चिमा देशहरूबाट अलग्गिएका पुटिनले मध्यपूर्वका मित्रराष्ट्रहरूसँगको सहकार्यलाई बृद्धि गरेका छन् । 

अरब मुलुकहरूको भ्रमणका क्रममा उनले तेल, व्यापार र इजरायल–हमास द्वन्द्वबारे छलफल गर्नेछन् । 

‘भ्लादिमिर पुटिन यूएईको औपचारिक भ्रमणका लागि आइपुग्नुभएको छ,’ क्रेमलिनले साउदी अरबको भ्रमण गर्नुअघि भने । 

यूएईका विदेशमन्त्री अब्दुल्लाह बिन जायद अल नाह्यान र अन्य अधिकारीहरूले रनवेमा पुटिनलाई अभिवादन गरेको रूसको सरकारी टेलिभिजनले देखाएको छ ।

अरब विश्वमा रुसको मुख्य आर्थिक साझेदार यूएईमा  रहँदा उनले व्यापार र तेल इन्धन आपुर्तिसम्बन्धी बिषयमा छलफल हुने भ्रमण अघि क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । 

क्रेमलिनका अनुसार सन् २०२२ मा दुई देशबीचको द्विपक्षीय व्यापार नौ अर्ब अमेरिकी डलर पुगेको छ ।

पुटिनले साउदी अरबमा राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

युक्रेनमा आक्रमण गरेपछि इरान र चीनको भ्रमणका अलावा पूर्व सोभियत सङ्घबाहिर रूसी नेताको यो तेस्रो भ्रमण हो ।

पुटिनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा निर्वासित गरेको आरोप लगाउँदै युद्ध अपराधको अभियोगमा मार्चदेखि खोजी गरिरहेको छ ।

पुटिनले गत अगस्टमा दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिने हल्ला भएपनि अन्तिममा युक्रेन युद्धबारे राजनीतिक विवाद बल्झिने देखेपछि भ्रमण रोकिएको थियो । सेटप्टेम्बरमा भएको जी–२० शिखर सम्मेलनमा पनि उनी सहभागी भएका थिएनन् । 
(((

salt training

कमेन्ट गर्नुहोस्