०३ साउन २०८३, आइतबार

मेसी बने टाइम्स म्यागजिनको वर्ष खेलाडी

मंसिर २१, २०८०
काठमाडौं
मेसी बने टाइम्स म्यागजिनको वर्ष खेलाडी

अमेरिकी इन्टर मायमीका अर्जेन्टिनी फरवार्ड लियोनेल मेसी टाइम म्यागजिनको वर्षको उत्कृष्ट खेलाडी पुरस्कार (अवार्ड)बाट सम्मानित भएका छन् । उनी फूटबलका मात्र नभएर सबै खेलका वर्ष खेलाडी भएका हुन् ।

मेसीलाई बुधवार सम्मानित गर्दै टाइम्सले अमेरिकाको मेजर लिग सकर (एमएलएस)मा दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको जनाएको छ ।

गत जुलाईमा मायमी पुगेका मेसीले एमएलएसको टोलीबाट सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका छन् । उनको उच्च प्रदर्शनप्रेरित टोलीले लिग्स कपको उपाधि उचालेको थियो । जुन क्लबको इतिहासमै पहिलो उपाधि थियो ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान ३६ वर्षे मेसीले अक्टोबरमा कीर्तिमानी आठौं पटक बालोन डी’ओरसमेत जितेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्