०६ असार २०८३, शनिबार

डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित

मंसिर २१, २०८०
काठमाडौं
डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित

अष्ट्रेलियामा निवासी वैज्ञानिक  एवम्  गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभागका पुर्व संयोजक डा राजु अधिकारी  गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित भएका छन् । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा  स्थापित सो पुरष्कारबाट सम्मानित  हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली  हुन् ।

नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री  पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट  ग्रहण गरे । 

अधिकारी हाल अष्ट्रेलियाको  सीएसआइआरओ  र RMIT विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको  रुपमा कार्यरत छन्।
डा अधिकारीका एक सय भन्दा बढी अनुसन्धानात्मक सामाग्री प्रकाशित छन्। 

salt training

कमेन्ट गर्नुहोस्