ढाका, १३ असोज– बंगलादेशको कक्सेस तट नजिकैको समुद्रमा एक डुंगा डुब्दा त्यसमा सवार १५ जना रोहिंज्या शरणार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना बालबालिका र ६ महिला छन् ।
डुंगामा कतिजना सवार थिए भन्ने यकीन जानकारी नभएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बंगलादेशी प्रहरीको भनाइ छ ।
म्यानमारको रखाइन राज्यमा जारी हिंसाका कारण पछिल्लो ४८ घण्टामा करिब २ हजार रोहिंज्याहरु दक्षिणी बांग्लादेश पुगेको विवरण आएका छन् ।