२९ असार २०८३, सोमबार

आईएस प्रमुख बग्दादी जिउँदै ? आतंकवादी संगठनले अडियो रेकर्डिङ सार्वजनिक ग–यो

कात्तिक २०, २०७४
आईएस प्रमुख बग्दादी जिउँदै ? आतंकवादी संगठनले अडियो रेकर्डिङ सार्वजनिक ग–यो

काठमाडौं, १३ असोज — इस्लामिक स्टेट (आईएस) का लडाकुहरूले आफ्नो नेता अबु बक्र अल–बग्दादीको अडियो रेकर्डिङ सार्वजनिक गरेका छन् ।


आईएस प्रमुखको जस्तो आवाज भएका एक वक्ताले जापान र अमेरिकाविरुद्ध उत्तर कोरियाले जारी गरेको चेतावनीलाई सन्दर्भ बनाएको सुनिन्छ ।

उनले आईएसको पकड रहेको मोसुलको युद्धको पनि कुरा गरेका छन् । मोसुललाई गत जुलाई महिनामा इराकी बलहरूले पुनः नियन्त्रणमा लिएका थिए ।

अमेरिकाले बग्दादीको टाउको ल्याउनेलाई अढाइ करोड डलर पुरस्कार ल्याउने घोषणा गरेको छ । उनी सन् २०१४ को जुलाई महिनादेखि सार्वजनिक स्थानमा देखिएका छैनन् । उनी जिउँदै छन् कि मरिसके पनि अनुमानहरू मात्र हुने गरेका छन् ।

आईएसले मोसुलमा विजय प्राप्त गरेर खलिफा घोषणा गरेपछि उनी अल–नुरीको ठूलो मस्जिदमा प्रवचन दिन देखापरेका थिए ।

अहिले सार्वजनिक भएको अडियोका बारेमा सोध्दा आईएसविरुद्ध लडिरहेका अमेरिकी बलहरूका एक प्रवक्ता –यान डिल्लोनले भने, ‘उनको मृत्यु भएको विश्वसनीय प्रमाण फेला नपरुन्जेल उनी जिउँदै छन् भनी हामीले अनुमान गर्ने गरेका छौं ।’

रक्षा मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए, ‘हामी अबु बक्र अल–बग्दादीको भनिएको अडियो टेपका बारेमा सचेत छौं र यसलाई परीक्षण गरिरहेका छौं ।’

सुन्नी मुसलमान समूह आईएसले सर्वसाधारण र कैदीहरूप्रति बर्बर हिंसा मच्चाएर बदनामी कमाएको थियो । यस वर्ष भएका कारवाहीमा आईएसलाई इराक र सिरियाबाट बिस्तारै लखेटिएको थियो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्