२२ असार २०८३, सोमबार

चर्को भाडा तिरेर दशैं मान्न गाउँतिर !

कात्तिक २०, २०७४
चर्को भाडा तिरेर दशैं मान्न गाउँतिर !
काठमाडौं, १३ असोज— मलेसियाको सेलेंगरमा वैदशिक रोजगारीको सिलसिलामा तीन वर्ष बिताएका नेत्र प्रसाद वस्ती बिहिबार राती काठमाडौं ओर्लिए । शुक्रबार बिहान घर जाने तयारीमा रहेका उनी बसपार्क त पुगे तर न व्यवसायीले टिकट वितरण गरेका थिए न त पर्याप्त गाडी नै थिए ।
केहि बेर गाडी कुरेका उनले व्यवसायीले मनपरी रुपमा चलाएका बस भेटे । त्यही गाडीमा दशैं मनाउन नुवाकोटको ताकेश्वरस्थित काटीमाटी हिँडेका उनले साबिकको भन्दा चर्को भाडा तिरेर गन्तब्यमा जान लागेको बताए ।
बसपार्कमा भेटिएका उनले भने, — ‘तीन वर्षमा विदेशबाट घर फर्किएको छु । चर्को भाडा तिरेरै भए पनि घर त जानै पर्यो ।’

तीन वर्षको विदेश बसाईपछि परिवारसँगै दशैं मनाउँन लाग्दा आफू उत्साहित भएको उनले बताए । ‘पराईको देशबाट नेपाल उत्रनासाथ आफ्नै घर आइपुगेजस्तो लाग्यो’, सेलेंगरस्थित एक प्लास्टिक उद्योगमा कार्यरत उनले भने, ‘घरमा परिवार मैरै पर्खाइमा छन् ।छोराछोरी बाबा आउने भनेर मैले बाटो हेरेर बसिरहेका होलान् । तीन वर्षको अन्तरालमा परिवारसँगै दशैं मनाउँदा पाउँदा निकै उत्साहित छु ।’

वस्ती जस्तै राजधानीबाट नजिकै घर भएका सयौं सर्वसाधारण वडादशैंको नवमीको दिन पनि गन्तब्यतर्फ लागेका छन् । तर, व्यवसायीले दशैं लागेको भन्दै टिकट काटेका छैनन् भने छिटफुट रुपमा चलाइएका गाडीबाट चर्को भाडा असुलेका छन् । यसरी चर्को भाडा असुल्दा न त यात्रुले प्रतिवाद गर्न सकेका छन् न त नियामक निकायले नै कडाई गरेको छ ।

अरु समय १७० भाडा लाग्ने काठमाडौं —त्रिशूली (नुवाकोट)रुटमा दशैंको बेला ३०० देखि ५०० सम्म भाडा असुलिएको त्रिशूली जानको तयारीमा रहेकी बालाजु माछापोखरीमा शुक्रबार बिहान भेटिएकी बट्टारकी सबिता तामा«ङले बताइन् । उनले आफू ३५० भाडा तिरेर त्रिशली जान लागेको समेत बताइन् ।

उनले चर्को भाडा नै तिर्नुपरेपनि गन्तब्य सम्म पुग्न पाउँदा खुसी नै लागेको बताइन् । उपत्यका प्रायः सुनसान जस्तै रहेको अवस्थामा गाउँ जान गाडी पाउनु नै ठूलो रहेको र चर्को भाडा तिरेर पनि खुसी हुँदै घर जानुपर्ने अवस्था रहेको उनको भनाई छ ।

उपत्यकाबाट घटस्थापनाको दिनदेखि फूलपातीको दिनसम्म १९ लाख बढीले उपत्यका छाडेको ट्राफिक प्रहरीले जनाएको छ । यसरी जानेमध्ये घेरैजसो लामो दूरीका यात्रु भएको बताइएपनि छोटो दूरीका यात्रुहरुले भने महाअष्टमी र नवमीको दिनपनि उल्लेख्यमात्रामा राजधानी छाडेका उपत्यकाबाट बाहिरिने मुख्य नाका नागढुंगा प्रहरीले जनाएको छ ।
राजधानीबाट नजिकै पर्ने जिल्लाहरु नुवाकोट, धादिङ, काभ्रेपलाञ्चाके, दोलखा, गोरखालगायतका जिल्लातर्फ आजपनि उल्लेख्यमात्रामा सर्वसाधारण गएका छन् । तर यसरी गएका अधिकांश सर्वसाधारण सार्वजनिक यातायातमार्फत चर्को भाडा तिरेरै गएका हुन् ।

उपत्यकाबाट लामो र छोटो दूरीका सवारी साधान निकै न्युन संख्यामा बाहिरिएका छन् भने ती मध्ये अधिकांशले तोकिएको भन्दै बढी भाडा उठाएको पाइएको छ । यातायात व्यवसायी भने काउन्टर बन्द भइसकेकाले यात्रुको सुविधाको लागि नै केहि बढी रकम लिएर सेवा दिएको दाबी गर्छन् ।

काठमाडौंबाट त्रिशूली चल्ने केरुङ यातायातका चालकले दशैंको बेलामा बर्सेनी यसैगरी सेवा दिइरहेको बताए । उनले चर्को भाडा लिएको नभई यात्रुलाई सुविधा दिइएको दाबी गर्दै यो समयमा कम यात्रु हुने भएकाले खासै फाइदा नहुने समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्