०२ असार २०८३, मंगलबार

जनकपुरमा ३ दिनसम्म मदिरा र माछा/मासु बिक्री वितरण गर्न नपाइने

मंसिर २७, २०८०
जनकपुरधाम
जनकपुरमा ३ दिनसम्म मदिरा र माछा/मासु बिक्री वितरण गर्न नपाइने

​विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै आजराति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो । 

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए । 

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

निर्देशनको पालना नगरे प्रचलित कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले चेतावनी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्