१९ असार २०८३, शुक्रबार

दशैंले सम्पूर्ण नेपालीकाे जीवनमा सुख, शान्ति र समृद्धि छाअोस् ः प्रधानमन्त्री

कात्तिक २०, २०७४
दशैंले सम्पूर्ण नेपालीकाे जीवनमा सुख, शान्ति र समृद्धि छाअोस् ः प्रधानमन्त्री
काठमाडौँ, १४ असोज- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान् चाड बडा दशैं –२०७४ का अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले आज दिनुभएको शुभकामना सन्देशमा जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुङ्गिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै उल्लासमय शरद ऋतुको महान् चाड बडा दशैँको शुभकामना दिनुभएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्