
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द बाबा रहेका छन् । उनलाई बुधवार बिहान १ सय ७० ग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एयर अरेबियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औँठी १ थानमा रहेको उक्त सुन बरामद भएको थियो ।
थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।