०४ असार २०८३, बिहीबार

राष्ट्रपति पौडेल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

मंसिर २७, २०८०
काठमाडौं
राष्ट्रपति पौडेल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेल र विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्‍याएको सहयोगको सराहना गरेका थिए । 

साथै उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्