०१ साउन २०८३, शुक्रबार

नेपालकी मेनुकाले गाएको भारतीय फिल्मको गीत सार्वजनिक [भिडियो]

मंसिर २७, २०८०
काठमाडौं
नेपालकी मेनुकाले गाएको भारतीय फिल्मको गीत सार्वजनिक [भिडियो]

नेपालकी मेनुका पौडेलले स्वर दिएको भारतीय फिल्म ‘सलार’मा समावेश गीत सार्वजनिक गरिएको छ । 

बुधवार बेलुका युट्युबमा सार्वजनिक ‘सुरज हि छाव बनके..’ बोलको हिन्दी गीतमा मेनुकाको एकल स्वर छ । 

लिरिकल शैलीमा तयार पारिएको गीतमा रिया मुखर्जीको शब्द रचना, रवि बसरुरको संगीत छ । 

मेनुकाले केही दिनअघि यो गीत रेकर्ड गराएकी थिइन् । योसँगै उनले भारतीय पाश्र्वगायनमा डेब्यु गरेकी छन् । 

केही दिनअघि ‘इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुकाले आफूले ‘सलार’ फिल्मको गीत रेकर्ड गरेको जानकारी दिएकी थिइन् । 

‘इण्डियन आइडल’मा दिएको उम्दा प्रस्तुतिका कारण उनले यो अवसर पाएकी हुन् । 

‘सलार’ डिसेम्बर २२ (पुस ६)बाट प्रदर्शनमा आउने फिल्म हो । 

प्रशान्त नीलको लेखन एवं निर्देशन रहेको फिल्ममा प्रभाससहित पृथ्वीराज, श्रुति हसनलगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्