२१ असार २०८३, आइतबार

मणिपालबाट हराएका बिरामी खोज्न सेतीको ड्याम खोलिँदै, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मंसिर २८, २०८०
काठमाडौं
मणिपालबाट हराएका बिरामी खोज्न सेतीको ड्याम खोलिँदै, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
फाइल तस्वीर

पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक बिरामी खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ । 

उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता थिए । 

मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुङ्गे पुल परिसरमा कपडा र परिचय पत्र भेटिएको छ । थप खोजीका लागि आज सेती नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा महानगरपालिका–१६ दीपमा बनेको ड्याम आज दिउँसो १२ बजेदेखि ४ बजेसम्म खोलिने प्रहरीले जनाएको छ ।  यसले सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपासमा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्