१९ असार २०८३, शुक्रबार

तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज

मंसिर २८, २०८०
काठमाडौं
तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र  प्राधिकरणले खारेज गरिदिएको हो । 

ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरूको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्