
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ । सुुन्तलाको बगैँचाभित्र रहेको विद्युुत्को नाङ्गो तारका कारण दुुर्घटनाको जोखिम बढेको थियो ।
नाङ्गो तारका कारण किसान बगैँचामा पस्न डराउने गरेका थिए । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले सुुन्तला बगैँचाभित्र रहेको नाङ्गो तार हटाउन थालेको दोसल्लेका बासिन्दासमेत रहेका अन्नपूूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले जानकारी दिइन् । उनका अनुुसार नाङ्गो तार हटाएर राखिने एबिसी केबुुल तारसहित मजदुुर र प्राविधिकको टोली बुुधबार दोसल्ले पुुगेको छ ।
प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुुख प्रताप बरालले दोसल्लेमा एक किलोमिटरभन्दा बढी वितरण लाइनको नाङ्गो तार हटाएर एबिसी केबुुल राख्न थालिएको बताए ।