०४ साउन २०८३, सोमबार
थमन विक प्रकरण

सशस्त्रका असई हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाइ

मंसिर २८, २०८०
काठमाडौं
सशस्त्रका असई हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाइ

सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएको छ ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बिहीवार सफाइ दिने फैसला गरको हो ।

सोही प्रकरणमा प्रतिवादी पवन कापरलाई पनि सफाइ दिइएको अदालतका सूचना अधिकारी महेन्द्र झाले लोकान्तरलाई जानकारी दिए ।

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद कोइरी २०८० वैशाख १९ गतेदेखि निलम्बित छन् ।

२०७२ मा संविधान जारी गर्नुअघि संविधानको अन्तिम मस्यौदा सार्वजनिक भएपछि त्यसमा असन्तुष्टि जनाउँदै मधेश आन्दोलित भएको थियो ।

आन्दोलनकै क्रममा २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा सशस्त्र असई थमन विकको हत्या अभियोगमा कोइरी प्रतिवादी थिए ।

आन्दोलनमा घाइते भएका विकलाई आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए । सोही मुद्दामा उच्च अदालत जनकपुरले कोइरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार २०७६ असोज २ गते थुनछेक बहसका क्रममा जिल्ला अदालतले भने १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

  
 

salt training

कमेन्ट गर्नुहोस्