०३ साउन २०८३, आइतबार

महासमिति बैठकमा समान प्रस्ताव लान गगन–विश्वप्रकाश एकैठाउँ

मंसिर २८, २०८०
काठमाडौं
महासमिति बैठकमा समान प्रस्ताव लान गगन–विश्वप्रकाश एकैठाउँ

नेपाली कांग्रेसका दुवै महामन्त्रीको आसन्न महासमिति बैठकमा एउटै प्रस्ताव लानलाई संयुक्त बनाउने बैठक गरेका छन् । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीवार काठमाडौंमा संयुक्त बैठक गरेका हुन् ।

बैठकले आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाइ अन्तिम रुप दिने बताइएको छ । 

महामन्त्री थापाको सचिवालयले जानकारी दिए पनि बैठक कहाँ बसिरहेको भन्ने खुलाएको छैन ।

महामन्त्री थापाले बुधवार मात्र संस्थापनइतरको बैठकमा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाविरद्ध नेता डा शेखर कोइरालालाई आफूले सघाउने बताएका थिए ।  

कांग्रेसले पुष १६ देखि १९ गतेसम्म ललितपुरको गोमहासमिति बैठक गर्न लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्