२४ असार २०८३, बुधबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यी हुन् एजेन्डा

मंसिर २९, २०८०
काठमाडौं
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यी हुन् एजेन्डा

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आज बस्दैछ । महासमिति बैठकसहित विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक आज दिउँसो १२ बजे केन्द्रीय कार्यालयमा बस्नेछ । 

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उठाउने उम्मेदवारको विषयमा समेत कांग्रेसमा छलफल हुने बुझिएको छ । 

यस अघि पटक-पटक सार्दै आएको महासमिति बैठकलाई कांग्रेसले फेरि पनि सार्ने तयारी गरेको छ । 

जाडो बढेको, राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसले महासमिति बैठक सार्ने तयारी गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्