०१ असार २०८३, सोमबार

राम रहीमको डेरामा धेरै रहस्य नै रहस्य

कात्तिक २०, २०७४
राम रहीमको डेरामा धेरै रहस्य नै रहस्य

काठमाडौं — पञ्जाब–हरियाण उच्च अदालतले गुरमीत राम रहिमको सिरसास्थित डेरा सच्चाको तलाशी गर्ने अनुमति प्रहरीलाई दिएको छ ।


स्थानीय वाशिन्दा र डेराबाट निकालिएका मानिसहरूका अनुसार राम रहीमको डेरामा अनेकौं रहस्य लुकाइएका छन् र ती सबै रहस्य बाहिर ल्याउनैपर्छ ।

प्रहरीले खोजतलाशका लागि व्यापक तयारी गरेको छ । बाईसजना फलामकर्मीलाई बोलाएर ताल्चा फुटाउन ठिक्क पारिएको छ ।

डेरामा नरकंकाल गाडिएको भनी त्यहाँ पहिला बस्ने मानिसहरूले बताएका कारण त्यसको खोजी हुनेछ ।

मानिसहरूका अनुसार राम रहीमलाई अवज्ञा गर्ने मानिसलाई मारेर डेरामै गाड्ने गरिन्थ्यो ।

यस मामिलामा डेराप्रमुखकी विशेष सहयोगी हनीप्रीतको पनि सहयोग लिइनेछ र उसैले बताएअनुरूप खोजी अपरेसन चल्नेछ । खोजीका लागि सेवानिवृत्त न्यायाधीश एकेएस पवारलाई कार्ट कमिस्नर नियुक्त गरिएको छ ।

पारदर्शिताका लागि सबै प्रक्रियाको भिडियो बनाइनेछ । जाँच पूरा भएपछि सीलबन्दी गरिएको रिपोर्ट उच्च अदालतलाई बुझाइनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्