
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले अनसन धनगढीमा अससन शुरू गरेका छन् । उनले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट शुक्रवार साँझ अनसन शुरू गरेका हुन् ।
डा केसी गेटा अस्पतालमा अनसन बस्न पुगेका थिए । तर त्यहाँ बस्न नदिएपछि उनले धर्मशालाबाट अनसन शुरू गरेका हुन् ।
गेटा मेडिकल कलेजको सञ्चालन लगायत पुराना मागको कार्यान्वयनसहित डा केसीले मुख्य दुई बुँदे माग राखेर अनसन शुरू गरेका हुन् ।
जसमा उनले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।
यस्तै, सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पु¥याउने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउनेलगायत पनि उनका माग छन् ।
यसैगरी जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यसअगाडि सम्झौता भएबमोजिम इलाम, उदयपुर, डडेल्धुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग पनि उनले अगाडि सारेका छन् ।
यस्ता छन् मागः
१. सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।
२. यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन गरियोस् ।
सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने; चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने; जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरू खोल्ने ।
१००शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरू शुरू गर्ने
विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने; ऐन जारी नहुँदासम्म दलीय भागवण्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने
सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्न कानुनी व्यवस्था गर्ने
डा गोविन्द केसी
२०८० मंसीर २९