२९ जेठ २०८३, शुक्रबार

वीरगञ्जमाथि पोखराको रोमाञ्चक जीत

मंसिर ३०, २०८०
काठमाडौं
वीरगञ्जमाथि पोखराको रोमाञ्चक जीत

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्कणमा वीरगञ्ज युनाइटेडमाथि रोमाञ्चक जीत निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार सम्पन्न खेलमा पोखराले वीरगञ्जमाथि २–१ गोल अन्तरको रोमाञ्चक जीत निकालेको हो ।

पोखरालाई जीत दिलाउन जो आइडु र मोसेस ग्याबाले एक–एक गोल गरे । वीरगञ्जका लागि आइकिन्स बफोरले सान्त्वना गोल फर्काए ।

जारी प्रतियोगितामा तेस्रो जीत निकालेको पोखराले ६ खेलमा ११ अंक जाेडेको छ । यससँगै उ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो पराजय ब्यहोरेको वीरगञ्ज समान खेलबाट ५ अंकका साथ आठौं स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्