
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको गरेको छ ।
शनिबार बसेको आजपाको सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सो मागसहित आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय गरेको छ ।
‘मञ्चको राष्ट्रिय भेला भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजीको लागि पौष १ गते देखि भन्सार बिभागमा धर्ना तथा घेराऊ गर्ने उद्धघोषका साथ सुसम्पन्न भएको छ’, बैठकपछि साहले जानकारी दिए ।
आजपाले गत असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो । तर, त्यतिबेला चाडपर्वका कारण आजपाले माग सम्बोधन नहुँदै अर्को निर्णय नहुँदासम्मका लागि संघर्षका कार्यक्रम स्थगित गरेको थियो । सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने साहको धारणा छ ।