२२ जेठ २०८३, शुक्रबार

सन् २०२४ मा ७ वटा अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने योजनामा रुस

पुस १, २०८०
काठमाडौं
सन् २०२४ मा ७ वटा अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने योजनामा रुस

मस्को–रुसले सन् २०२४ मा सातवटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनितिक योजना बनाएको रुसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रवार बताएका छन् । 

रुसबाट प्रकाशित रेड स्टारसँगको अन्तरवार्तामा काराकायेभले पछिल्लो पाँच वर्षमा रुसी सेनाले प्ररीक्षण तथा तालिमका लागि २० वटाभन्दा बढी मिसाइल प्रक्षेपण गरेको बताए । 

काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नीपूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरेका छन् ।

रुस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सूचना आदानप्रदान जारी रहेको काराकायेभले बताएका छन् । 

उनका अनुसार रूस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिन अघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ ।

स्रोतका अनुसार पूर्व सोभियत सङ्घ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टा अगाडि सूचना लिने दिने सम्झौता भएको थियो । सूचनाले प्रक्षेपणको मिति , स्थान तथा हतियारको प्रभावको बारेमा सङ्केत गर्दछ ।  
 

salt training

कमेन्ट गर्नुहोस्