३० जेठ २०८३, शनिबार

रुस-युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न आयोगको आग्रह

पुस १, २०८०
काठमाडौं
रुस-युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले रुस-युक्रेनको युद्धमा परी घाइते भएकाहरूको उपचारका लागि प्रभावकारी पहल गर्न आग्रह गरेको छ । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गरेका छन् ।

रुस–युक्रेनको युद्धमा परी मृत्यु भएका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन पनि आयोगले भनेको छ ।

‘मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जानेस्थिति अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’ आयोगका प्रवक्ता पोखरेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

रुस–युक्रेनबीच भइरहेको युद्धका क्रममा विभिन्न गैरकानूनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको, केही घाइते भएका, अझै पनि सयौंको सङ्ख्यामा रुस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट जानकारी प्राप्त भएको जनाएको छ ।

त्यस्तै, नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्न आयोगले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्