२२ असार २०८३, सोमबार

संसदमा सुरक्षा उल्लङ्घन ‘अत्यन्त गम्भीर’ : मोदी

पुस १, २०८०
काठमाडौं
संसदमा सुरक्षा उल्लङ्घन ‘अत्यन्त गम्भीर’ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसदको तल्लो सदन लोकसभामा भएको सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् ।

मोदीले यस विषयमा बहस गर्नुपर्ने आवश्यकता नभएपनि सको पछाडि रहेका व्यक्तिहरू पत्ता लगाउन ‘बृहत् अनुसन्धान’ गर्नुपर्ने बताए । 

बुधबार दुई जना युवाले आगन्तुक दीर्घाबाट लोकसभामा हाम फालेर रङ्गको धुलो फ्याँकेका थिए ।

सोही समयमा एक पुरुष र एक महिला गरी अन्य दुई जनालाई प्रहरीले संसद बाहिर हिरासतमा लिएको थियो ।

घटनामा संलग्न चारजनाबाहेक संदिग्ध अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले अनुसन्धानकर्ताहरूलाई आफ्नो उद्देश्य मणिपुर हिंसा, बेरोजगारी र किसानहरूको समस्याप्रति ध्यान आकर्षित गर्नु रहेको बताएका छन् ।

विपक्षी सांसदहरूले सङ्घीय गृहमन्त्री अमित शाहसँग संसदभित्र भएको सुरक्षा उल्लङ्घनबारे बयान दिन माग गर्दै आएका छन् । 

यो विषयले संसदको दुवै सदनको बैठक अवरुद्ध भएका छन् ।   विपक्षीले गृहमन्त्रीको वक्तव्य माग गरेपछि तल्लो सदनका १३ र राज्य सभाका एक सदस्यलाई निलम्बित गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्