२८ जेठ २०८३, बिहीबार

कुवेतका अमिरको निधनमा नेपालले आज शोक मनाउने

पुस २, २०८०
काठमाडौं
कुवेतका अमिरको निधनमा नेपालले आज शोक मनाउने

कुवेतका अमिरको निधनमा नेपाल सरकारले आज (सोमबार) शोक मनाउने निर्णय गरेको छ । अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा आज शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जुन दिन नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा भएको थियो । 

उनको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्