
नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता अन्तरगत सोमबार धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौँ पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गनेयोजनामा हुनेछ ।
अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ । धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ ।
यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा रहेको छ।
खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ ।