
मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतंक मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जंगली हात्तीले आतंक मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ ।
गएराति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरूपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार गएराति नै स्थानीय रामबहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ ।
हात्तीको आतङ्कपछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको भण्डारीले बताए । रासस