
सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ।
उक्त योजनामा साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङले आफूले पठाएको रकम ५३ हजार ७५ रुपैयाँको १० गुणा पाँच लाख ३० हजार ७५० रुपैयाँ जित्न सफल भएका छन् ।
चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरिएको हो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म चल्ने गरी २०८० सालको दशैं तिहार र छठलाई लक्षित गर्दै लगातार ६१ दिन सम्म चल्ने उक्त उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना १ जनालाई जनही एक लाख रूपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रूपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही पाँच सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्य शाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजना रहेको थियो ।
जसअन्तर्गत ६ हजार एक सय जनाले दैनिक ५०० रूपैयाँको वालेट टपअप, ४५ जनाले साप्ताहिक उपहार (जनही २५ हजार रुपैयाँ) र २ जनाले मासिक उपहार जनही १ लाख रुपैयाँ जित्न सफल भइसकेका छन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।