२८ असार २०८३, आइतबार

मङ्गोलियाको अपार्टमेन्टमा आगलागीः एकै परिवारका ५ सहित ७ जनाको मृत्यु

पुस ३, २०८०
काठमाडौं
मङ्गोलियाको अपार्टमेन्टमा आगलागीः एकै परिवारका ५ सहित ७ जनाको मृत्यु

उलान बातोर–मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलवार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको  छ ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाएअनुसार बिहान ७ः२ बजे आगलागी भएको हो । दक्षिणी जिल्ला खान–उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको बताइएको छ ।

सो आगलागीमा चार बालबालिकासहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् । उपचारका क्रममा  घाइते अन्य दुईजना व्यक्तिको निधन भएको बताइएको छ ।

आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्