×

सरसर्ती २४ घण्टा

‘भ्रष्टाचार’ले भड्किए देउवा, विधान सम्मेलनको तयारीमा माओवादी

काठमाडाैं | पुस ४, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

भ्रष्टाचारबाट पार्टीलाई बचाऔं भन्ने नारा ब्यानरमा राखिएपछि कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा तनाव भएको छ ।
पहिलो प्रदेश सम्मेलनको क्रममा शीर्ष सबै नेता सहभागी हुने कार्यक्रमका लागि बनाइएको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेस चरित्र पुनःस्थापित गरौं’ लेखिएको थियो ।


Advertisment

तर मंगलबार कार्यक्रमका प्रमुख अतिथि बनेर पुगेका सभापति शेरबहादुर देउवा रिसाएपछि ब्यानरमा लेखिएको भ्रष्टाचारबाट पार्टीलाई बचाऔं भन्ने नारा नै हटाइएको छ ।
००००
नेकपा एकीकृत समाजवादीले जिल्ला र नगर अधिवेशनहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । मंगलवार काठमाडौंमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।


Advertisment

बैठकपछि प्रतिक्रिया दिँदै सचिव जीवनराम श्रेष्ठले तत्काललाई जिल्ला र नगर अधिवेशन स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
००००
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरङ्कुशताको इतिहास बोकेको राजतन्त्र फेरि फर्किएर नआउने बताएका छन् ।

 कम्युनिष्ट आन्दोलनका पुराना नेता गोपाल भण्डारीलाई पार्टी प्रवेश गराउन आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले इतिहास बनिसकेको राजतन्त्र फर्काउन सम्भव नभएको बताए ।
००००
कर्णाली प्रदेश सरकारले गत कात्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट रु दश करोडको पशुपछी क्षति भएको तथ्याङ्क प्रस्तुत गरेको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रको सहकार्यमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘विपद्पश्चात् हरित पुनःस्थापना’ विषयक सरोकारवालासँगको छलफल कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
००००
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस गण्डकी प्रदेश सम्मेलनको मंगलवार पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
००००
बलात्कार मुद्दामा फरार रहेका व्यक्ति इन्टरपोलको सहयोगमा कुवेतकाबाट पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौंरीदेउराली गाँउपालिका – ८ घर भएका ३१ वर्षीय उमेश लामा छन् ।
००००
नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । निगमले गएका ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छ मा पुगेको हो ।
००००
नेपाल वायु सेवा निगमले लिखतसम्बन्धी कसुर मुद्दामा दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।
अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई निलम्बन गरिएको हो । 

टुरिस्ट भिषामा मानव तस्करी गर्न सघाएको आरोपमा निगमका अधिकृत पोखरेललाई प्रहरीले मंसिर २५ गते पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई उनलाई हिरासतमा राखिएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल शेयर बिक्री प्रक्रियाका सम्बन्धमा छानबिन भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवारको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त शेयर बिक्री प्रक्रियाका स्वाभाविक नलागेर नै सरकारले तत्काल समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट पारेका हुन् ।
००००
नेकपा माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्नेगरी तयारी थालेको छ । मंगलबार प्रधानमन्त्री निवासमा बसेको पदाधिकारी बैठकमा यसबारे छलफल भएको छ । उक्त छलफलअनुसार माओवादीले मस्यौदा समिति बनाउने गरी सामान्य छलफल भएको एक नेताले बताए । 

बैठकमा सरकारको एक वर्षे समीक्षा, आगामी राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा पनि छलफल भएको थियो । बैठक बुधबार पनि बस्ने तय भएको छ । 

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x