१८ असार २०८३, बिहीबार

हिन्दू र मुसलमान मोहर्रम पर्व मनाउँदै

कात्तिक २०, २०७४
हिन्दू र मुसलमान मोहर्रम पर्व मनाउँदै


कपिलवस्तु, १५ असोज - हिन्दू र इस्लाम धर्मावलम्बीको साझा पर्वका रुपमा मोहर्रम पर्व स्थापित हुँदै गएको छ ।
आफूले मागेको हरेक इच्छा–चाहना पूरा भएपछि मोहरम पर्वको रौनक बढ्दै गएको छ । इस्लामी पात्रोअनुसार हिजरी संवत् १४३९ को यो मोहर्रम महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि शुरु हुने मोहर्रम पर्व १० तारिखसम्म मनाइन्छ । मुसलमान धर्मावलम्बीले इद, बकर इद र मोहर्रमको दशमीलाई धुमधामका साथ मनाउने चलन रहिआएको छ । हजरत मोहम्मदका नाति हसन र हुसैन शहीद भएको सम्झनामा मुुसलमानर हिन्दूले यो पर्व मनाउँदै आएका छन् ।muslim hindu

मुसलमान समुदायको पर्व भए पनि यहाँका हिन्दू समुदायले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन् । आफूले भाकल गरेको पूरा भएपछि मोहर्रम पर्व मनाउन लागेको कृष्णनगरका रामप्रसाद यादवले बताउनुभयो । पछिल्लो समय मोहर्रम पर्व सद्भावको पर्वका रुपमा स्थापित हुँदै गएको छ । कागजको ताहजिया बनाएर ढोल, तासा र झाज बजाउने चलन रहेको छ ।

इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत ( स्वर्ग) पु¥याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको मौलना कमरुदिन सिद्धिकीले बताउनुभयो ।
कुरानअनुसार हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैँ हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनी जन्नत घुमाउँदासमेत हुसेन रुन नछाडेपछि अल्लाहले ‘तिमी किन रोइरहेको’ भनी प्रश्न गर्नुभयो ।

हुसैनले हर्जरत मोहम्मदका उम्मद (अनुयायी) सीधै जन्नत जान पाऊन् भनी माग गरेपछि अल्लाहले ‘तिमी कर्रवला बग्दादमा शहीद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु’ भनी वाचा गरेपछि मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन शहीद भएको सम्झनामा यो पर्व मनाइन्छ । हुसैन शहीद भएको दिनदेखि संसारभरि इस्लाम धर्म फैलिएको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्