३१ जेठ २०८३, आइतबार

ठगी गरेको आरोपमा मेनपावर सञ्चालकसहित २ जना पक्राउ

पुस ४, २०८०
काठमाडौं
ठगी गरेको आरोपमा मेनपावर सञ्चालकसहित २ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ओसो रिक्रुटिङ मेनपावरका सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० काभ्रेकी ४० वर्षीया सोफी मल्ल रहेका छन् ।

वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ओमबाबु साहलाई साउदी अरेबिया पठाइदिने भन्दै एक लाख २५ हजार रुपैयाँ लिएपछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।

त्यसपछि पीडितले प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्